लिम्बूवानका स्थानिय हालखबरहरू

 

फेदापथुम अवस्थित श्री सेरजङ मावीमा आउने शैक्षिकशत्र देखी दश जोड दुई सन्चालन हुने भएको छ । सेरजङ अवस्थित हाम्रा सम्बाददाता अंबर चोङ्बाङका अनुसार स्थानिय गाउँले, काठमाडौंमा बसोबास गर्ने सिर्जुङबासी र हङ्कोङ लगायत बिभिन्न देशमा बसोबास गर्ने नेपालीहरुलाई प्लस टु सन्चलनर्थ आर्थिक सहयोग माग्ने कार्यक्रम रहेको कुरा हाम्रो ईन्टरनेट पत्रीका यक्थुङ्न्युज डट कमलाई बताउनु भयो । शुत्रले काठमाडौं अवस्थित आर्थिक संकलन्मा डम्बर च ोङ्बाङलाई जिम्मा दीईएको पनि बाताएको छ ।



फेदापथुमको श्रीजुङ गाविसको शिर मेन्छ्यायेम मुख्य मुहाऩभई श्रीजुङ र पौठाक गाविस हुँदै बग्ने खोरुङगा खोला असला माछाको लागि प्रख्यात मानिन्छ । धेै श्रमजीवी र माछा व्यबशासायीको लागी यो खोला आयश्रोतको मुहान पनि हो। तर विगत केही बर्षयता अनैतिक रूपमा माछा मार्नाले परम्परागत रूपमा दुवाली फर्काइ र बल्छीमारी माछामार्ने वर्गलाई केही उरन्ठेउला र मतिविहिन वर्गले पुरै खोलामा विधुतिय करेन्ट प्रयोग गरी पुरै माछाको जìतलाई नास पारेर ऊक्तवर्गलाई गरिखाने बाटोनै बन्द गरेका छन्। पछिल्लो समाचार अनुसार श्रीजुङ -३ निवासी ललित लुम्फङ्वाबाट खोरूङगाबाटनै उत्पादित ५ किलोवाट विधुतको प्रयोग गरी अनैतिक रुपमा खोरुङगा खोलाको माछाहरू मारिएको थियो। यो कार्यले खोरूङगा आसपासका गाउँका मानिसलाई रूष्ट बनाएको छ तर पनि यस्ता अनैतिक व्यक्तिहरूलाई दण्डदिने प्रावधान नहुदा गाउँले झन चिन्तित छन्।